काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा दलका नेताहरुले त्यस्तो बताएका हन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा उनीहरुले नेपाली मौलिकतामा आधारित रहेर शान्ति प्रक्रिया निष्कर्ष पुग्ने क्रममा रहेको बताए ।
सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याउन दलबीच अभूतपूर्व एकता भएको उल्लेख गर्दै नेताहरूले मुलुक र जनताका लागि राजनीतिक दल एकतावद्ध हुन सक्छन् भनेर पुष्टि भएको भन्दै उनीहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
तपाईको बिचार