ज्योतिष खतिवडाविरुद्ध साइबर अपराधको मुद्दा दायर

ज्योतिष खतिवडाविरुद्ध साइबर अपराधको मुद्दा दायर

267

काठमाडौँ । ज्योतिष पुष्कर खतिवडाविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुध्द काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको कसुर गरेको अभियोगमा मुद्दा दायर भएको हो । साउन १४ गते नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको आरोपमा खतिवडा पक्राउ परेका थिए ।

झापाको बुद्धशान्तिका २९ वर्षीय खतिवडा पण्डित पनि हुन् । प्रहरीले धुम्बाराहीस्थित आफू बस्ने घरमा नेताहरूको फोटो राखी यज्ञ गरेर जलाएको अवस्थामा उनी पक्राउ परेको जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर