काठमाण्डौं । नेकपा एमालेले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको उम्मेदवार सांसद ठाकुर गैरेलाई बनाउने भएको छ । गैरे प्रतिनिधि सभाका सदस्य हुन् ।
एमाले संसदीय दलकी सचेतक सुनीता बरालले सांसद गैरेलाई सभापतिमा अघि सार्ने तय भएको जानकारी दिइन् । संघीय संसदका दुई संयुक्त समितिमा सत्तारूढ नेपाली कांग्रेससँग भागबण्डा हुँदा यो समितिको नेतृत्व एमालेको भागमा परेको बताइएको छ ।
यस समितिको नेतृत्वका लागि राष्ट्रिय सभाबाट तुलसाकुमारी दाहाल र प्रतिनिधि सभाबाट ठाकुर गैरेको नाममा एमालेभित्र छलफल भएको थियो । अन्तिममा एमालेमा गैरेलाई अघि सार्न सहमति भएको हो ।
सभापतिको निर्वाचन भोलि बिहीबार तोकिएको छ । आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । आज २ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
तपाईको बिचार