प्रस्तावित १८ राजदुत बिरुद्द १० दिन भित्र उजुरी दिईसक्नु पर्ने

प्रस्तावित १८ राजदुत बिरुद्द १० दिन भित्र उजुरी दिईसक्नु पर्ने

765

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गरेको छ ।मंगलबार बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गर्ने निर्णय गरेको हो ।

आजको बैठकको निर्णय अनुसार समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए । उनका अनुसार भोलिको गोरखापत्र दैनिकमा उजुरी आब्हान सहितको सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने पनि जानकारी दिए ।

उनका अनुसार संसद सचिवालयमा स्वयंम उपस्थित भएर वा अन्य माध्यमवाट उजुरी दिन सकिने जानकारी दिए ।

तपाईको बिचार