सांसद हरि ढकालले प्रधानमन्त्रीलाई भने बिजुलीको बक्यौता उठाउन निर्देशन दिनुस्

सांसद हरि ढकालले प्रधानमन्त्रीलाई भने बिजुलीको बक्यौता उठाउन निर्देशन दिनुस्

809

काठमाडौँ । स्वतराष्ट्रिय न्त्र पार्टीका सांसद हरि ढकालले बिजुलीको लाइनको महसुल उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन आग्रह गरेका छन् ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले २२ अर्बको बक्यौता ६ अर्बमा पुग्दा असुल गर्न चासो नभएको र संसद्मा आकस्मिक विषय बन्न नसकेको भन्दै आकस्मिक विषय बन्ने दाबी गरे ।

यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रिय सांसद ढकाललाई आकस्मिक समयमा बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले केही बेर संसद् अवरोध गरेका थिए ।

सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले ढकालको माइक काटेका थिए ।

तपाईको बिचार