एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय विदेश सचिव मिश्रिबीच भेटवार्ता

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय विदेश सचिव मिश्रिबीच भेटवार्ता

745

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।

सोमबार अध्यक्षको नीजि निवास कोटेश्वर काठमाडौँमा मिश्रीले शिष्टाचार भेटवार्ता गरेका हुन् । विदेश सचिव मिश्रि दुई दिने नेपाल भ्रमणमा काठमाडौ आएका थिए । मिस्री सोमबार साँझ स्वदेश फर्किएका छन् ।

दुईदिने भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा।आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

तपाईको बिचार

सम्बन्धित खबर