काठमाण्डौ । काठमाण्डौको बत्तिसपुतलीमा गोरक्ष हाट आजबाट शुरु भएको छ । बत्तिसपुतली अन्तर्गत राम मन्दिर मार्गमा गोरक्ष हाट बजार शुरु भएको हो ।
उक्त हाट बजार प्रत्येक शनिवार बिहान ८ बजे देखि १२ बजे सम्म लाग्नेछ । आज लागको बजारमा ९ हजार बढीको विभिन्न सामाग्रीहरु विक्रि भएको जनाईएको छ । हाटबजारमा अर्गानिक खाद्यान्नहरु, जडिवुटिहरु, तरकारी तथा फलफुलहरु हिमालीहरु, ढाका अल्लो तथा गाजाबाट बनेका कपडाहरु र गाजाबाट उत्पादित विभिन्न बस्तुहरु पन्चगब्य आयुर्वेदि तथा प्राकृतिक चिकित्सा पद्धती एवं नेपाली कला तथा बास्तुकलाका सामानहरु यस हाट बजारमाको स्टलमा राखिएको छ ।
हाटबजारमा देशभरबाट विभिन्न अर्गानीक खाद्य बस्तु देखि स्थानीय उत्पादनहरुलाई राखिने, नेपाली उत्पाननलाई प्रोत्साहन प्रचार र प्रवर्धन गर्ने उदेश्यले बजारको सुरु गरीएको हाटबजार व्यवस्थापन तथा विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ॠषिेकेशजंग शाहले बताए ।
तपाईको बिचार