‘दलितका लागि दलित अभियान नेपाल’ले भन्यो-‘दलितलाई अधिकार खै ?’

‘दलितका लागि दलित अभियान नेपाल’ले भन्यो-‘दलितलाई अधिकार खै ?’

221

काठमाडौँ । दलित समुदायका प्रतिनिधिहरूलेआज मन्त्रिपरिषद्‌ गठन तथा राजनीतिक नियुक्तिमा चरम उपेक्षा गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्‌ । ‘दलितका लागि दलित अभियान नेपाल’ले उक्त विरोध कार्यक्रम गरेको हो । सरकारले दलित समुदायलाई महत्त्व नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

उनीहरूले ‘दलितलाई मन्त्री खै ?, दलितलाई कानुन खै ?, दलितलाई राजनीतिक नियुक्ति खै ? दलितलाई अधिकार खै ?’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे । साथै, उनीहरूले हातखुट्टामा जन्जिरसमेत लगाएर प्रदर्शन गरिरहेका थिए ।

वर्तमान मन्त्रिपरिषद्‌मा एक जना पनि पूर्ण विभागीय दलित मन्त्री छैनन् । यसको विरोध भएपछि कांग्रेसले १८ साउनमा समानुपातिक सांसद रूपा विकलाई राज्यमन्त्री बनाएको छ ।

दलितलाई पूर्ण विभागीय मन्त्री नदिएको भन्दै प्रतिनिधि सभामा पनि रास्वपा र राप्रपा लगायतका प्रतिपक्षी दलले समेत प्रश्न उठाइरहेका थिए । शुरूमा मन्त्रिपरिषद् विस्तार गर्दा एमालेबाट छविलाल विश्वकर्मा र कांग्रेसबाट जीवन परियारलाई मन्त्री बनाउने चर्चा भएपनि अन्तिममा कोही पनि परेका थिएनन्‌ ।

 

तपाईको बिचार

सम्बन्धित खबर