प्राधिकरणको ८२ अर्ब नाफामा डेडिकेटेड र ट्रंकलाइनको महसुल जोडिएको छैन- कुलमान घिसिङ

प्राधिकरणको ८२ अर्ब नाफामा डेडिकेटेड र ट्रंकलाइनको महसुल जोडिएको छैन- कुलमान घिसिङ

809

काठमाडौँ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको बिल नाफामा नजोडिएको प्रस्ट पारेका छन् ।

आफ्नो तीन वर्षे कार्यकाल पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले विवादित डेडिकेटेड र ट्रंक लाइनको बिल नाफामा जोड्यो भनेर हल्ला गरेकोमा आफुलाई दुःख लागेको बताए ।

उनले अघि भने, ‘८ वर्षअघि करिब ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा गएको छ । समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ । तर यो विद्युत् महसुल वृद्धि गरेर र कुनै डेडिकेटेड र ट्रंक लाइनको बिल जोडेर भएको होइन ।’

प्राधिकरणको ५९ लाख ग्राहकमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँमा नै विद्युत् उपलब्ध गराइएको, सिँचाइमा प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको र खानेपानी लिफ्टिङ डिमान्डमा विद्युत् निःशुल्क र सहुलियत गरिएको घिसिङले बताए । यसैगरी विद्युतीय सवारीको प्रयोगका लागि प्रोत्साहन गर्नेगरी विद्युतीय सवारी चार्जिङ शुल्कमा समेत सहुलियत दिएको उनले बताए ।

 

 

तपाईको बिचार

सम्बन्धित खबर