काठमाडौँ । बुधबार नुवाकोटको शिवपुरीमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।
यात्रुको सूची
चिनियाँ पर्यटक-
जुदाड टाङ (पुरुष)
जी लि (पुरुष)
यियाद वु (महिला)
जेमिङ सी (पुरुष)
क्याप्टेन-अरुण मल्ल
रहेका छन् ।
हालसम्म चार जनाको शव फेला परेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ बजेर १४ मिनेटमा उक्त हेलिकप्टर उडेको थियो ।
तपाईको बिचार