काठमाडौं । संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाउने विषयमा प्रमुख तीन दलबीच भएको सहमतिको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।
संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले आज प्रतिवेदनलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेतालाई बुझाउने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा प्रतिवेदन बुझाउन लागिएको हो ।
कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन् । उनीहरुले विभिन्न चरणमा छलफल गरेपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन् ।
तपाईको बिचार