आफूमाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार भयो -सांसद गौतम

आफूमाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार भयो -सांसद गौतम

817

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) की सांसद सोविता गौतमले आफूमाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार भएको बताएकी छिन् । आज प्रतिनिधिसभाको बैठकले उनले आफ्नै निर्वाचन क्षेत्रमा अभद्र व्यवहार भएको बताएकी हुन् ।

उनले हिजो करिब साँझ ५ बजे आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको कागेश्वरी मनोहरा नगरपालिका- ६ स्थित मनकामना टोलमा अभद्र व्यवहार भएको जनाइन् ।

उनले भनिन्, ‘म फर्केर आउँदा त्यहाँ १५-२० जना साथीहरू जम्मा भइसक्नुभएको थियो र ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन । उहाँहरू कोही गाँजाको नसामा लठ्ठ हुनुहुन्थ्यो, कोही रक्सीले मात्तिएको हुनुहुन्थ्यो र कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो ।’

उनले उनीहरूमाथि तथानाम मुख छाडेको बताएकी छिन् ।  राति आफूलाई दुर्व्यवहार गर्नेमध्येकै एक युवकले सामाजिक सञ्जालमा त्यस घटनाको भिडियो अपलोड गरेको र ती व्यक्ति राष्ट्रिय दलको युवा संगठनको सदस्य रहेको खुलेको उनले बताइन् ।

‘उहाँहरुले अभद्र शैलीले, विवादित पार्ने हिसाबले बाटो ढुकेर, चौतारामा कुरेर छोरी मान्छेहरुलाई तर्साउने अभ्यास के यो अमर्यादित भएन ? के यो जंगली प्रकारको भएन ? यस्तो प्रकारको, यो हर्कतको जिम्मा त्यो राष्ट्रिय दलले लिने कि नलिने ? सरकारले यो सुरक्षा चुनौतीको बारेमा संवेदनशील भएर सोच्ने कि नसोच्ने ?’ उनले प्रश्न गरिन् ।

तपाईको बिचार

सम्बन्धित खबर