काठमाडौं । नेपालको हवाई सुरक्षाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको टोली बालुवाटार पुगेको छ ।
सभापति देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेर नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा छलफल गरेका हुन्।
छलफलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, सहमहामन्त्री जीवन परियारसहित करिब दर्जन सांसद सहभागी थिए।
नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनु पर्ने आईकाओ र इयूको सुझाव कार्यान्वयनका विषयमा सकारात्मक रहेको सांसद सांसद उदय शमशेर राणाले बताए ।
प्रधानमन्त्रीले आईकाओ र इयूको सुझाव कार्यान्वयन गर्न निर्देशन दिइसकेको जानकारी गराएको समेत बताए। साथै हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले यसको जिम्मेवारी नलिने प्रवृत्तिप्रति सरकारको ध्यानाकर्षण गराएको बताए।
तपाईको बिचार