नेपाल आएर चीनको बिषयमा के बोले भारतीय धर्मगुरु अनिरुद्धाचार्यजी महाराजले

नेपाल आएर चीनको बिषयमा के बोले भारतीय धर्मगुरु अनिरुद्धाचार्यजी महाराजले

1225

मिलन उपाध्याय

काठमाडौं । भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराजले नेपालको धर्मसँग चीनको केही सम्बन्ध नरहेको बताएका छन् । पशुपतिनाथमा भईरहेको कोटिहोम महायज्ञमा प्रवचन दिने क्रममा अनिरुद्धाचार्यजी महाराजले चीनका नागरिक नेपालमा आएर कहिले पनि पशुपति र गण्डकीको दर्शन नगर्ने बताउँदै नेपालको धर्मसंग चिनको कुनै सम्बन्ध नरहेको जिकिर गरेका हुन् ।

धर्मगुरु अनिरुद्रचार्यले कोटीहोमबाटै हामी भारतीयहरु हजारौंको संख्यामा नेपालको पशुपतिनाथ दर्शनार्थ आउछौं तर, चाइनाको कोहि आएको देख्नु भएको छ ? भनेर प्रश्न गरेका थिए ।

उनले नेपालमा पछिल्लो समय धर्म परिवर्तनका घटना धेरै बढ्दै गएको समेत दाबी गरे । यसरी धर्म परिवर्तन गर्दै लगे नेपाल हिन्दु राष्ट्र नरहने उनको कथन छ ।

उनले नेपाल र भारतका केही जनता आफ्नो देशमा बसेर अन्य देशको प्रशंसामा बढी समय खर्चिरहेको बताए । जुन माटोमा हामी बस्छौं त्यो माटो माथि विश्वासघात गर्न नहुने उनको सुझाव थियो ।

उनले नेपालको सबैभन्दा नजिकको मित्र भारत रहेको बताउँदै नेपाल  र  भारतबिचको सम्बन्ध सधैँ असल रहने बताए । भारतका कारण नेपालको अर्थतन्त्र मजबुत हुँदै आएको समेत उनले दाबी गरे ।

मानव सेवा फाउन्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भाग लिन र पशुपतिको दर्शनका लागि शनिबार उनी नेपाल आएका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर