भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ लोकार्पण

भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ लोकार्पण

1099

काठमाडौ ।  झ्याउरे छन्दलय कविता लेखनकी अभियन्ता पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ को दोस्रो संस्करण कृति लोकार्पण तथा सिर्जना बाचन कार्यक्रम सम्पन्न भएको छ ।

काव्य घर नेपालको आयोजनामा साहित्य सदन नेपाल रामहिटि बौद्ध काठमार्डौमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व कुलपति गंगाप्रसाद उप्रेति सहितका श्रष्ठाहरुले भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ लोकार्पण गरेका हुन् ।

स्रष्टा भट्टराईले २०५७ मा लेखिएको काव्यको पहिलो संस्करण २०६१ सालमा प्रकाशन भएको थियो । कृतिको बारेमा प्रा.डा. देवी नेपाल र प्रा.डा.सीता भट्टराईले बोलेका थिए । उक्त कार्यक्रममा प्रा.जगतप्रसाद उपाध्याय,प्रा.डा हेमनाथ पौडेल,प्रा.डा रामप्रसाद ज्ञवाली र अर्जुन ‘बिरक्ती’ ले शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि पूर्व कुलपति गंगाप्रसाद उप्रेतिले भट्टराईको काव्यकृति समयसापेक्षाता बोकेको कृति भएको बताए । श्रष्ठा भट्टराईले कृति रचना गर्भका बारेमा प्रकाश पार्दे सम्पूर्णलाई धन्यवाद दिएकी थिईन् ।

कार्यक्रममा लोकार्पित कृतिबाट जानुका भट्टराई,अधिकारी विमला,गंगा कर्माचार्य पौडेल र शान्ति पौडेलले सिर्जना बाचनगरेका थिए । सोहि अवसरमा स्रष्टा भट्टराईका पुत्र सुदृढ पोखरेलको जन्मदिन परेको अवसरमा शुभकामना समेत प्रदान गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष राजकुमार खड्गाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा अतिथि जलेश्वरी श्रेष्ठ,गंगा लिगल लगायत विशिष्ट साहित्यकार तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमलाई साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेको सञ्चालन र इन्दु पन्तले स्वागत मन्तव्य राखेकी थिईन् ।

 

 

 

 

तपाईको बिचार