गोरखा सिङग्लामा पहिरो जाँदा एक घर पुरियो, ५ जना बेपत्ता

गोरखा सिङग्लामा पहिरो जाँदा एक घर पुरियो, ५ जना बेपत्ता

779

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका-५ सिङग्लामा पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका छन् । आज बिहान करिब ३ बजेतिर गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर र कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएका हुन् ।

पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती कान्छी माया, उनका बुबा सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

अन्य दुई जना सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङलाई भने घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर