रास्वपा केन्द्रीय समिति बैठक बस्दै

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

719

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बिहीबार बस्दैछ। बैठक पार्टी कार्यालय चःमतिमा बिहान ११ बजे बस्दै छ ।

केन्द्रीय समिति बैठकमा पार्टीको संगठनात्मक विषय,विधान संशोधन कार्यदल पुनःगठन,पार्टीको प्रदेश र जिल्ला तहका समितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जस्ता विषयमा छलफल हुने छ । आजको बैठकमा पार्टीको विभागहरूलाई पूर्णता दिने विषयमा छलफल हुने केन्द्रीय सदस्य सन्तोष परियारले बताए।

रास्वपाको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्न कार्यदल बनाएको थियो। निलम्बित महामन्त्री डा. मुकुल ढकालसमेत त्यसमा रहेका पुनःगठन गर्न लागिएको परियारले बताए।

 

 

तपाईको बिचार

सम्बन्धित खबर