बिआरआई कार्यान्वयनको मोडलबारे छलफल जारी छ परराष्ट्रमन्त्री राणा

बिआरआई कार्यान्वयनको मोडलबारे छलफल जारी छ परराष्ट्रमन्त्री राणा

943

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको बताएकी छिन् ।

संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिदै बिआरआई बारे छलफल जारी रहेको बताएकी हुन् ।

परराष्ट्रमन्त्री राणालाई सांसदहरुले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्दै प्रश्न गरेका थिए ।

मन्त्री राणाले जवाफमा भनिन्, यस परियोजनाको ‘फ्रेमवर्क डकुमेन्ट’ मा नेपाल सरकारले पहिले नै हस्ताक्षर गरिसकेको छ । अब यसको कार्यान्वयनको मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन, सर्वपक्षीय रुपमा सबैसँग आवश्यक छलफल गरी पछि निर्णय गर्नेछौँ । यसमा व्यापक छलफल गर्नेछौँ, जसरी एमसीसी परियोजनाका बारेमा पनि सबैसँग व्यापक रुपमा छलफल गरेर नै संसद्ले पारित गरेको थियो ।

तपाईको बिचार