रुपन्देही । गजेडी माध्यमिक विद्यालय रुपन्देहीले विद्यालयको नाम जोडेर सामाजिक सन्जालमा गलत सन्देश दिने गरी कुप्रचार गरिएकोमा आपत्ति जनाउँदै यस्तो गलत कामलाई निरन्तरता दिए कारबाही गर्ने चेतावदी दिएको छ ।
रुपन्देहीको कन्चन गाउँपालिका वडा नं २ स्थित गजेडी माध्यमिक विद्यालयले आफ्नो विद्यालयको बदनाम हुनेगरी सामाजिक सन्जालमा अन्य विद्यालयका विद्यार्थीले चुरोट पिएको, गाजा तानेको फोटाहरु राखेर अभिभावक तथा विद्यार्थी एवम् आम शुभेच्छुकहरुलाई गलत सन्देश दिइएको ्रप्रति प्राचार्य रेशमा जोशी वाग्लेले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएकी छन् ।
‘ ऐतिहासिक विषयलाई जोडेर राखिएको विद्यालयको नामलाई बद्नाम गरेको प्रति विद्यालयले आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ गजेडीको अर्थ हात्ती वस्ने ठाउँ भन्ने हुन्छ ।
विद्यालयले सार्वजनिक रुपमै विज्ञप्ती जारी गरेर यस्तो अनर्गल प्रचारको पछि नलाग्न र विद्यालयका नामको ऐतिहासिकता बुझ्नका लागि आग्रह गरेको छ ।
तपाईको बिचार