अझै बाढीको जोखिम, काठमाडौँ सहित १६ जिल्लामा सावधानी अपनाउन महाशाखाको आग्रह

अझै बाढीको जोखिम, काठमाडौँ सहित १६ जिल्लामा सावधानी अपनाउन महाशाखाको आग्रह

719

काठमाडौँ ।
बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ सहित १६ जिल्लामा बाढीको ‘मध्यम जोखिम’ देखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरूमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको भन्दै स्थानीय नागरिकलाई उच्च सावधानी अपनाउन आग्रह गरेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर