झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको राजनीतिक जीवन, त्याग, संघर्ष र योगदानको झापालीहरुले चर्चा गरेका छन् ।
श्रेष्ठको ४६औं स्मृति दिवसको अवसर पारेर आज (सोमबार) नेकपा (एकीकृत समाजजादी) झापाले बिर्तामोडमा आयोजना गरेर्को एक कार्यक्रममा बक्ताहरुले उनको राजनीतिक जीवन, त्याग, सघर्ष र योगदानको चर्चा गरेका हुन् ।
जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र पार्टीका केन्द्रीय सदस्य शारदा शर्माको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शर्माले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्य र उदेश्यसहित २००६ सालमा पुष्पलाल श्रेष्ठसहित पाँच जना नेताहरुले भारतको एक शहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका बताईन् ।
प्रमुख अतिथि शर्माले पञ्चायती निरंकुशताको अन्त्यका लागि पुष्पलाल श्रेष्ठसहित नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा नेकपाको स्थापना भएको बताइन् । जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा पुष्पलाल श्रेष्ठको निधन भएको थियो ।
विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि कम्युनिष्ट पार्टीले गरेको सङ्घर्ष तथा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा पार्टीले देखाएको उत्साहपूर्ण सहभागिताको बारेमा चर्चा गरेका थिए ।
नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाको बैठक कक्षमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य निलमणी बराल, चन्द्रा श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हरि राना लगायतले पुष्पलालको सम्झाना गरेका थिए ।
बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा उपाध्यक्ष बासु दुलालले शब्दद्धारा स्वागत गरेको कार्यक्रममा सचिव बिपी भट्टराईले सञ्चालन गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय नेता देबी बराल, तारा रुचाल, केन्द्रीय परिषद सदस्य तथा खेलकुद महासंघ समाजवादी कोशी प्रदेशका अध्यक्ष शकंर थापा, अनेमसंघ झापाकी कार्यवहाक अध्यक्ष सरस्वती सृुब्बा, उपाध्यक्ष प्रत्युष राना, सहसचिव पदम सुब्बा, नबिन इजम, कार्यालय सचिव पशुराम शकंरलगायतको उपस्थिति थियो ।
तपाईको बिचार