बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

719

काठमाण्डौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दावि पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन् ।

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको पहल थालिएको हो । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुन्जेल काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिईएको हो ।

यसैबीच नयाँ सरकार गठनका लागि कांग्रेस र एमालले दावी गर्ने तयारी गरेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बाहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन गर्नेगरी तयारी गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर