प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

647

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । ओलीलाई प्रतिनिधिसभाका दुई तिहाइ सदस्यले विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारप्रति समर्थन माग्दा प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये १ सय ८८ सांसदले ओलीको पक्षमा मतदान गरेका छन् । प्रधानमन्त्रीको समर्थनको विपक्षमा ७४ मत परेको छ । प्रधानमन्त्रीको विश्वासको मतमा एक सांसद भने तटस्थ रहेका छन् ।

प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले प्रधानमन्त्री ओलीलाई मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको विपक्षमा मत दिएका छन् । नेपाल मजदूर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ रहेका छन् ।

तपाईको बिचार