ओली नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने -देउवा

ओली नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने -देउवा

635

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताएका छन् ।

प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देश बदलिने विश्वासको व्यक्त गरे । उनले कांग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गरे ।

संबिधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन् । संबिधान संशोधन स्वाभाविक प्रक्रिया रहेको सबै दलको सहमतिमा मात्र संबिधानको संशोधन गरिने र संबिधानलाई सहभागिता मुलक बनाइने बताए ।

संबिधान निर्माण भएको आठ बर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संबिधान संशोधन गर्नुपर्ने उनले बताए ।

 

तपाईको बिचार