मैनादेवी फाउण्डेसनको सक्रियतामा काठमाडौँ  ७ चाबहिल क्षेत्रमा वृक्षरोपण

मैनादेवी फाउण्डेसनको सक्रियतामा काठमाडौँ  ७ चाबहिल क्षेत्रमा वृक्षरोपण

1465

लेखनाथ सिकारु
काठमाडौँ, ३० असार । काठमाडौँ  ७ चाबहिल गणेशस्थान क्षेत्रमा वृक्षरोपण गरिएको छ । आइतबार बिहान भएको वृक्षरोपण कार्यक्रममा चाबहिल गणेशस्थानदेखि भत्केको पुल सम्ममा करिव २ सय बिरुवा रोपन गरिएको बताईएको छ । मैनादेवी फाउण्डेसन र विभिन्न सङ्घ संस्थाहरुको सक्रियतामा वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष केपी खनालले पर्यावरण दिवसको सन्दर्भ पारेर फाउण्डेसनले यस वर्षमात्रै १३ हजार बिरुवा रोपन गरेको बताए । उनले भने फाउण्डेसनको सक्रियतामा गत साल १५ हजार बिरुवा काठमाण्डौमा र देशभर ३५ हजार बिरुवा रोपन गरिएको थियो भने यस वर्ष एक लाख वढी बिरुवा रोपन गर्ने लक्ष रहेको बताए ।

उनले काठमाण्डौ महानगरपालिका आफूहरू जस्तै युवा भएको भन्दै युवाहरूले थालेका राम्रा काममा साथ सहयोग गर्दै आएको बताए । कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं। ७ का वडा सदस्य उज्वल अर्याल ,सुरेश शाही र हरीगोपाल कक्षपतीले काठमाण्डौ शहरमा अक्सिजनको अभावलाई केही मात्रै भए पनि पूर्ति गर्ने प्रयास स्वरुप युवाहरूले चालेका यस्ता अभियानमा सवैको साथ र सहयोग ह्नुपर्ने धारणा राखेका थिए ।

रोपिएका बिरुवाहरूको संरक्षण गर्नु आम नागरिकको समेत दायित्व र कर्तव्य हुने भन्दै वडा अध्यक्ष तथा मिरमिरे टोलका सभापति हरीगोपाल कक्षपतीले नेपाल दूरसञ्चार संस्थान , मैनादेवी फाउन्डेसन, एभरेस्ट कलेज र उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिएका थिए । कार्यक्रममा वडा सदस्य कल्पना सुन्दास , क्रिकेटर ललित राजवंशी र अर्जुन साउद आव्हान समुहका सचिव रवि ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर