अध्यक्ष नेपाल र अष्ट्रेलियन राजदुत फेलिसिटी वोल्फबीच भेटवार्ता

अध्यक्ष नेपाल र अष्ट्रेलियन राजदुत फेलिसिटी वोल्फबीच भेटवार्ता

315

काठमाडौँ,२५ असार। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी वोल्फबीच भेटवार्ता भएको छ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा अध्यक्ष नेपाल र राजदुत वोल्फबीच भेटवार्ता भएको हो।

उक्त भेटमा दुई देशबीचको सम्बन्ध, आयाम, साझेदारी, सहयोग, मित्रता र समसामयिक विषयमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ।

राजदुत वोल्फ केही समयपछि आफ्नो कार्यकाल सकेर स्वदेश फिर्ता हुँदैहुनुहुन्छ। भेटका अवसरमा अध्यक्ष नेपालले वोल्फलाई आफ्ना विभिन्न पुस्तकहरू उपहार प्रदान गर्नुभएको सचिवालयले जनाएको छ।

तपाईको बिचार