राष्ट्रको सान र इज्जत बढ्ने गरी काम गर्न निगमलाई मन्त्री तामाङको निर्देशन

राष्ट्रको सान र इज्जत बढ्ने गरी काम गर्न निगमलाई मन्त्री तामाङको निर्देशन

185

काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको सान र इज्जत बढ्ने गरी काम गर्न नेपाल वायुसेवा निगमका अधिकारीलाई निर्देशन दिएका छन् ।

आज निगमको ६६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राष्ट्रको सान र इज्जत बढ्ने गरी काम गर्न नेपाल वायुसेवा निगमका अधिकारीलाई निर्देशन दिएका हुन् ।

पछिल्लो चरणमा वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयका तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको उनले बताए । बाहिर आएका सबै विषय सत्य नहुने उनको भनाइ छ ।

तपाईको बिचार