काठमाण्डौ । तेह्रथुमको म्याङलुङमा जारीे कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा पाँचथर सेमिफाइनल प्रबेश गरेको छ ।
मंगलबार भएको क्वाटरफाइनल खेलमा पाँचथरले उदयपुरलाई ३- ० गोल अन्तरले पराजित गरेको छ । पाँचथरको जितमा मनिश क्षेत्री,नवराज गुरुङ र अनुकेश शेर्माले गोल गरे । उक्त खेलको म्यान अफ द म्याच पाँचथरका अनुकेश शेर्मा भए ।
पाँचथरले भोली हुने मोरङ र सङखुवा सभा बिचको बिजेता सँग सेमिफाइनमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिती पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ । फाइनल खेल असार ८ गतेका दिन हुनेछ ।
तपाईको बिचार