तेस्रो लायन्स कप गर्ल्स फुट्सल प्रतियोगिताको उपाधी बिश्वामित्र गणेश स्कुललाई

तेस्रो लायन्स कप गर्ल्स फुट्सल प्रतियोगिताको उपाधी बिश्वामित्र गणेश स्कुललाई

1031

काठमाडौं, २७ जेठ । तेस्रो लायन्स कप गर्ल्स फुट्सल प्रतियोगिताको उपाधी बिश्वामित्र गणेश सेकेन्डरी स्कुलले जित्न सफल भएको छ। लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डसले आयोजना गरेको फुटसल प्रतियोगितामा भ्याली पब्लिक सेकेन्डरी स्कुलले दोस्रो स्थान हासिल गर्न सफल भयो ।

जेठ २४ गते देखि शुरुभइ शनिबार सप्पन्न भएको एवम लिग कम नकआउट को आधारमा सन्चालन गरिएको यस प्रतियोगितामा १६ वटा बिद्यालयहरुले भाग लिएका थिए।प्रतियोगितामा सर्वोकृस्ट एवम उच्च गोलकर्ताको पुरस्कार मन्जिला तामाङले पाइन। प्रतियोगिताका विजयी खेलाडी एवम बिद्यालय हरुलाइ कार्यक्रम संयोजक सृष्टि बज्राचार्य प्रतियोगिताका प्रायोजक नेपाल फाइनान्स कम्पनीका निर्देशक द्वय दिप्रश शाक्य ,रोजिना श्रेष्ठ एवम लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्ड्सका अध्यक्ष उदयन रेग्मीले पुरस्कार वितरण गरेका थिए।

महिलाहरुलाई खेलकुदमा सहभागी गराइ उनिहरुमा रहेको अन्त्तर्निहित क्षमतालाइ प्रस्फुटन गरि महिला शशक्तीकरणमा योगदान गर्न हरेक बर्ष प्रतियोगिता आयोजना गरीदै आएको छ।

तपाईको बिचार