जीबी राईलाई अघिल्लो सरकारले भगायो : गृहमन्त्री लामिछाने

जीबी राईलाई अघिल्लो सरकारले भगायो : गृहमन्त्री लामिछाने

973

चितवन,२७ वैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।

शनिबार विहान चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जीबी राइलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउदै भगाएको मान्छेु लाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् ।

जीबी राई किन पक्राउ पर्न सकेनन् ? भनेर सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले भने : भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ । त्यसपछि त्यसो भए कसले भगायो रु भन्ने प्रश्नमा उनले भने : भाग्दाखेरी सरकारमा को थियो ?

उनले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए । उनले संसद्‌मा आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको भन्दै गुनासो गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर