राष्ट्रहितका लागि अहिलेको गठबन्धन गरिएको हो : उपाध्यक्ष पोखरेल

राष्ट्रहितका लागि अहिलेको गठबन्धन गरिएको हो : उपाध्यक्ष पोखरेल

1093

उदयपुर, १३ चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले राष्ट्रहितका लागि अहिलेको गठबन्धन गरिएको बताउनु भएको छ।

नेकपा एमाले नवौं उदयपुर जिल्ला अधिवेशनको उद्घाटन गर्न उदयपुरको गाइघाट आइपुग्न भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले पत्रकार भेटघाटमा सो कुरा बताउनु भएको हो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिहरूले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको काँग्रेस नेतृत्वको आपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको बताउनुभयो।

जातीय सांस्कृतिक झाँकीसहित र्‍याली गरी जिल्ला अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष पोखरेलले गर्नुभयो। दुईदिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयनसमेत गर्नेछ। १०५ सदस्यीय नयाँ जिल्ला पार्टी समितिका लागि जिल्लाको चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तहका ६५० जना प्रतिनिधिले भाग लिदैछन्।

तपाईको बिचार

सम्बन्धित खबर