आदित्यको दर्शन, विचार एवं गुरु विनाको सिकाईले विज्ञानलाई चुनौति : अध्यक्ष ओली

आदित्यको दर्शन, विचार एवं गुरु विनाको सिकाईले विज्ञानलाई चुनौति : अध्यक्ष ओली

973

काभ्रेपलाञ्चोक, १२ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन क्रममा संक्षिप्त मन्तव्य राख्दै चैतन्य आदित्यको दर्शन र विचार एवं गुरु विनाको सिकाईले विज्ञानलाई चुनौति दिएको बताउनुभयो ।

“आदित्यसँग अध्ययन एवं गुरु विना विभिन्न भाषामा ज्ञान, विचार, दर्शन लेख्नसक्ने अलौकिक क्षमता देखिन्छ, उहाँका सत्य विचार, सत्मार्ग, शान्ति र सुखका हितकारी चिन्तन् ममनयोग्य पनि छन्” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले निर्माणाधीन उक्त मोक्ष धाममा हाल भइरहेको धार्मिक गतिविधिको जानकारीसमेत लिनुभयो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको थियो ।

तपाईको बिचार