सहकारीपीडितको राज्यव्यवस्था समितिमा निवेदन- किन ठगीमा संलग्न सबै पक्राउ परेनन् ?

सहकारीपीडितको राज्यव्यवस्था समितिमा निवेदन- किन ठगीमा संलग्न सबै पक्राउ परेनन् ?

825

काठमाडौं, ७ चैत । कास्कीको पोखरास्थित  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित निक्षेपकर्ताले आफूहरुको रकम फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई कानुनी कारबाहीको माग गर्दै संसदीय समितिमा निवेदन दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सूर्यदर्शन बचत पीडित संघर्ष समितिको तर्फबाट संयोजक किरण श्रेष्ठले दिएको निवेदनमा आफूहरुको निक्षेप फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

बिहीबार समिति सभापति रामहरि खतिवडालाई बुझाएको निवेदनमा जिम्मेवार निकाय मौन बसेको र ठगीमा संलग्नहरु सबै पक्राउ नपरेकाले आफूहरुलाई न्याय दिलाउन माग गरेका छन् ।

हकारीले १८ हजार ७०० वचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भएपनि विगत २ वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको पीडितहरुले बताएका छन् । रकम फिर्ता नपाएपछि कानूनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई९जिबि राई० पक्राउ पर्न नसकेका भन्दै उनीहरुले राईलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन् ।

सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा ३० औं करोड रुपैयाँ लगानी भएको देखिएपनि यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरु मौन बनेको भन्दै उनीहरुले आफूहरुले न्याय पाउनुपर्ने बताएका छन् ।

पीडितहरुले १९ जनालाई किटानी जाहेरी दिएको भएपनि हालसम्म १४ जना पक्राउ पर्न नसकेका बताए । त्यस्तै २०८० साल माघ २२ गते पुरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालिन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रवन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भएपनि छानविन नभएको बताइएको छ । लामिछानेको सूर्य दर्शन सहकारीमा खाता नं। १०३९०००६६७५७ रहेको पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

तपाईको बिचार