बारा, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेसको नाममा राजनीति गर्ने मधेसवादी दलहरूले मधेसी जनताका लागि कुनै महत्त्वपूर्ण काम गर्न नसकेको बताएका छन् ।
बुधबार बाराको निजगढमा भएको बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सङ्घीयता लागू भएपछि मधेस केन्द्रित राजनीतिक दलहरूबाट मात्रै ४७ जना नेताहरू मन्त्री भइसके पनि जनताले कुनै सुविधा नपाएको टिप्पणी गरे । मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नगरेको भन्दै लिङ्देनले जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुने बताए ।
लिङ्देनले भने, ‘अब नेपाली जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा छैन, सबै राजनीतिक शक्तिहरू जनताको .नजरमा असफल भइसकेका छन् । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलहरू पतनको बाटोमा रहेको हुँदा उनीहरुले अन्तिम भोज जसरी भ्रष्टाचार गरिरहेको छन् ।’
तपाईको बिचार