२ चैत, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो ।
घटनास्थलमा कुकरको बिर्को झ्यालमा अड्किएको, कुकर भाग भुइँमा रहेको, नजिकै दुईवटा पेट्रोलको गन्ध आउने खाली बोतल र जनमुक्ति सेना नामक पर्चा पम्प्लेट समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दहालले जानकारी दिए । । दहालले विस्फोटबाट टावरमा क्षति नभएको तर भवनको झ्यालको भागमा सामान्य क्षति पुगेको बताए ।
हाल घटनामा संलग्न अपरिचित व्यक्तिहरुको खोज तलास कार्य तथा थप अनसुन्धान कार्य भईरहेको छ ।
तपाईको बिचार