काठमाडौँ, ३० फागुन । हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपाल पपुवा न्यू गिनी (पिएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
पिएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र ८५ रनमा अलआउट भयो ।
रोहित पौडेल १२, आरिफ शेख १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विनोद भण्डारीलाई इनिङको तेस्रो बलमै ४ रनमा गुमाएको नेपालका लागि तेस्रो ओभरमा कुशल भुर्तेल आउट भएका थिए ।
पिएनजीका लागि कबु मोरिया, सेमो कामिआ, चाड सोपर र सेसे बाउले २/२ विकेट लिए । अलि नाओले १ विकेट लिए ।
नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले ३/३ विकेट लिए । करण केसी र गुलशन झाले १/१ विकेट लिए ।
तपाईको बिचार