नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

681

काठमाडौँ, २९ फागुन । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको हो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले ।

तपाईको बिचार