८ वर्षका लागि ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

८ वर्षका लागि ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

171

काठमाडौँ, २४ फागुन । सरकारले आगामी ८ वर्षका लागि विकास ऋणपत्रमार्फत ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

विकास ऋणपत्र २०८८ ‘झ’ मार्फत केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने भएको हो । २०८० फागुन ३० गतेदेखि जारी भएर २०८८ फागुन ३० गने परिपक्व हुने विकास ऋणपत्रका लागि केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले फागुन २९ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको बोलकबोल सोही दिन हुने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुवै समूहमा भाग लिन सक्नेछन् ।

तपाईको बिचार