नेदरल्यान्ड्समाथि नेपालको ६ विकेटको शानदार जित

नेदरल्यान्ड्समाथि नेपालको ६ विकेटको शानदार जित

977

काठमाडौँ, १९ फागुन । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको शानदार जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो ।

नेदरल्यान्ड्सले दिएको लक्ष्य १५ ओभरभित्र पूरा गरे नेपाल रनरेटमा नेदरल्यान्ड्सभन्दा अघि बढ्ने समीकरण रहेको थियो । यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो । अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान रहेको छ ।

हाल अंक तालिकामा नेपाल र नेदरल्यान्ड्सको ४.४ तथा नामिबियाको २ अंक छ । आजको जितले नेपालको रनरेट पोजेटिभ भएको हो । अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् ।

तपाईको बिचार