काठमाडौँ, १९ फागुन । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले जारी त्रिकोणात्मक टी-२० सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ ।
नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो फिल्डीङ गर्नेछ ।
नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ । अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन् ।
आजको खेलमा नेपालले जित हासिल गरे फाइनलमा स्थान बनाउने बलियो सम्भावना हुनेछ । हारको खण्डमा भने भोली हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ ।
तपाईको बिचार