काठमाडौँ, १८ फागुन । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाआफ्नो खेलमा नामिबियासामू १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८० रनको योगफल तयार पार्यो ।
नामिबियाका लागि बेन शिकोन्गोले तीन, ज्याक ब्रसेलले दुई तथा रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्टी इएटन र बेर्नार्ड स्कोल्ट्जले समान एक विकेट लिए ।
तपाईको बिचार