‘मेडिकल’ उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

‘मेडिकल’ उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

201

काठमाडौँ, १८ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा नै मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको आयोजनामा बिहीबारदेखि भुकृटीमण्डमा सुरु भएको सातौँ नेपाल मेडिकल एक्स्पोको उद्घाटन गर्दै उनले स्वदेशमा नै ‘मेडिकल’ उपकरण उत्पादन गर्न सरकारले सहयोग गर्ने बताएका हुन् । उनले एक्स्पाको माध्यमबाट नेपालको स्वास्थ्य क्षेत्रमा योगदान हुने बताए ।

रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाल (केमसान) का अध्यक्ष भक्त हमालले नेपाल र भारतबिचको खुला सिमानाका कारण गुणस्तरहीन स्वास्थ्य सामाग्री मुलुकमा आइरहेकोले त्यसलाई रोक्नुपर्ने बताए ।

तपाईको बिचार