टी-ट्वान्टी सिरिजमा नामिबियासँग नेपाल २० रनले पराजित

टी-ट्वान्टी सिरिजमा नामिबियासँग नेपाल २० रनले पराजित

913

काठमाडौँ,  १५ फागुन । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि २०आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको छ ।

मंगलबार कीर्तिपुर मैदानमा सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनको हार ब्यहोरेको हो । यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो ।

नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । कमजोर सुरुवात गरेपछि मध्यक्रममा सम्हालिएको नेपालका लागि फिनिसरको भूमिका पाएका ब्याटर नचल्दा हारको सामना गर्नुपर्यो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो । नामिबियाको लागि जान निकोल लोफ्टि-इटनले विष्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो शतक पूरा गरे ।उनले ३३ बलमा शतक पूरा गर्दै नेपालका कुशल मल्लले राखेको कीर्तिमान तोडेका थिए । कुशलले सन् २०२३ को १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।

नेपालले अब दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

तपाईको बिचार