एनआरटी केपी ओली कपको सेमिफाइनलमा

एनआरटी केपी ओली कपको सेमिफाइनलमा

760

काठमाडौँ, १३ फागुन । एनआरटी केपी ओली फुटबल कपको सेमिफाइनलमा पुगेको छ ।

आइतबार सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

एनआरटीको जितमा खेलको २८औं मिनेटमा बिबेक गुरुङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । बिबेकले फ्री(किकबाट गोल गरेका थिए ।

अब एनआरटीले सेमिफाइनलमा जवालाखेल युथ क्लब र केपी ओली एफसीबीचको विजेताले खेल्ने छ । सेमिफाइनल खेल फागुन १७ मा हुने छ ।

तपाईको बिचार