काठमाडौँ, १३ फागुन । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको बताएकी छिन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । ।
उनले भनिन्, ‘केही दनिअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौँमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ । डिप्रेसनका कारण बढेका अपराध र आपराधिक अवस्था डरलाग्दो अवस्था छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । २०४० सालमा सरकारी तवरबाट ४० बेडका मानसिक अस्पतालको स्थापना भयो । त्यसपछि न अर्को अस्पताल खुल्यो, न मानसिक स्वास्थ्य प्राथमिकतामा नै परेको छ । दिनदिनै मानसिक स्वास्थ्य समस्या बढेको बढ्यै छ । सूचना, प्रविधि र डिजिटलाइजेशनले निम्त्याएका धेरै समस्या छन् । रोजगारी र आर्थिक असहजताले धेरै नै सामाजिक समस्या बढेका छन् ।’
तपाईको बिचार