त्रिविको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त

त्रिविको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त

1363

काठमाडौं, १० फागुन । त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको लामो कसरत पछि बराललाई नियुक्त गरिएको हो । बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।

विश्वविद्यालयको उपकुलपति छनोट समितिले आइतबार पहिलो नम्बरमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, दोस्रोमा बराल र तेस्रो नम्बरमा प्रा. डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर