काठमाडौँ, ९ फागुन । नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए ।
त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।
राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो ।नामिबियाका लागि लोफ़्टि-इटन र स्कोल्जले समान ४/४ विकेट लिए । स्कोल्जले १० ओभरमा २ मेडन सहित ३१ रन दिएर ४ विकेट लिएका हुन् भने लोफ़्टि-इटनले ६.१ ओभरमा ४ विकेट लिने क्रममा ३४ रन दिए । यस्तै इरासमस र ब्रासेलले १/१ विकेट लिए ।
तपाईको बिचार