क्यानडाविरुद्ध भीमको पनि शतक

क्यानडाविरुद्ध भीमको पनि शतक

865

काठमाडौं, २९ माघ । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो नम्बरका ब्याटर भीम सार्कीले पनि शतक प्रहार गरेका छन् ।

सोमबर र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि भीमले १ सय २७ बलमा १२ चौका र १ छक्का सहित शतक पूरा गरेका हुन् । उनले ७८ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरेका उनले करिअरकै पहिलो शतक पूरा गरे ।

तपाईको बिचार