काठमाडौं, २९ माघ । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा ओपनर अनिल शाहले करिअरकै पहिलो शतक प्रहार गरेका छन् ।
सोमबर र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि अनिलले ११६ बलमा १० चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।
जारी श्रृंखलाको यो पहिलो शतक हो । यसअघि पछिल्लो खेलमा नेपाली कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाएका थिए ।
तपाईको बिचार