मन्त्री साउदविरूद्व प्रहरीमा उजुरी

मन्त्री साउदविरूद्व प्रहरीमा उजुरी

891

धनगढी, १६ माघ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदविरुद्ध उजुरी परेको छ ।

मंगलबार सुरक्षाको माग गर्दै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साउदविरुद्ध उजुरी दिएका हुन् । मन्त्री साउदले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन् ।

उनको उजुरीमा भनिएको छ, ‘समस्या छ भनी रुपैयाँ ऋण सापटी मागी लिएका थिए । निजले दिने समय अवधि समाप्त भइसक्दा समेत मलाई रुपैयाँ नदिई रुपैयाँ फिर्ता माग्न खोज्दा अनेक वाहना पारी आलटाल गर्ने तथा उल्टै ज्यान मार्ने किसिमले धाक धम्की दिने गरेको हुँदा निजलाई झिकाई आवश्यक छलफल तथा मलाई ज्यान मार्ने धम्की दिएको हुँदा मेरो शान्ति सुरक्षा समेत गरी पाउन यो निवेदन पेश गरेको हुँ ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कूलदीप चन्दले बोहराले साउदले आफूलाई  ज्यानको धम्की दिएको भन्दै उजुरी परेको जानकारी दिए ।  घटनाबारे छानबिन हुने चन्दको भनाइ छ ।

 

तपाईको बिचार